बुधबार, माघ २८, २०८२

धनुषामा हिरासतमै एकजनाको मृत्यु भएपछि स्थानीय आन्दाेलित, प्रहरीले चलायाे गाेली

मेरोन्यूज २०८० पुष ६ गते १२:२८

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमाध रहेका एक थुनुवाको मृत्यु भएको छ। स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् ।

स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ‌।

प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया