प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीसँग ४४ रनले पराजित भयाे कर्णाली

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो ।
जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । बिहीबार खेलेको पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग चार विकेटले पराजित भएको थियो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो । जितका लागि एक सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमा समेटियो ।
गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीको उत्कृष्ट साझेदारी गरे । अञ्जलीले ५१ रन बनाइन् । उनले ४८ बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन् । यस्तै ज्योत्स्निकाले ४० बलमा पाँच चौका र एक छक्कासहित ५० रन बनाइन । यस्तै सुमन खतिवडाले १७ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाइन् ।
बलिङतर्फ कर्णालीकी यमुना थारु र अन्जु गुरुङले दुई तथा रश्मी खड्काले एक विकेट लिइन् ।
यसैगरी कर्णालीका लागि ९७ रन बनाउने क्रममा गौरी बोहराले २६, यमुना थारुले २१ तथा तृसना विश्वकर्माले १९ रन जोडिन् ।
बलिङतर्फ गण्डकी प्रदेशकी रचना चौधरीले दुई तथा सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले एक एक विकेट लिए । जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि बिहीबार खेलेको पहिलो खेलमा कर्णाली कोशी प्रदेशसँग १० विकेटले पराजित भएको थियो ।
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया