आइतबार, वैशाख २७, २०८३

सल्यानमा सडक निर्माण गर्ने क्रममा जेसिबी पल्टिँदा सहचालकको मृत्यु

मेरोन्यूज २०८० पुष ७ गते १५:०१

काठमाडौँ । सल्यानमा जेसिबी पल्टिँदा सहचालकको मृत्यु भएको छ, भने चालक भने हाम फालेर बाच्न सफल भएका छन् ।

Advertisement
NiccNicc

सडक निर्माणका लागि परिचालन गरिएको रा १ क ८५९ नम्बरको जेसिबी दुर्घटना हुँदा दाङ गडवा गाउँपालिका – ५ का २३ बर्षीय सहचालक दीपेन्द्र चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो।

तिरुपाते कम्पनीको उक्त जेसिबी जिल्लाको बागचौर नगरपालिका –३ स्यालागैरामा सडक निर्माणका क्रममा अनियन्त्रित भइ सडकबाट करिब १२ मिटर तल खसेको थियो।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले सहचालक चौधरीलाई जेसिबिले च्यापेका कारण घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया