नुहाउन गएका बालकको बाघको आक्रमणबाट मृत्यु
मेरोन्यूज
२०८० पुष ७ गते १८:२१

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार, बबई नदीमा नुहाउन गएका बेला शनिबार मध्याह्न करिब साढे १२ बजे बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । जिरा सामुदायिक वननजिकै पाटेबाघले आक्रमण गरेको हो ।
उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया