कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष ८ गते आइतवार। मंसिर शुक्ल त्रयोदशी।पञ्चाङ्ग: सिद्ध कौलव कृत्तिका। डिसेम्बर २४ तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।
वृष : आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।
मिथुन : मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
कर्कट : आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।
सिंह : आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।
कन्या : आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।
तुला : आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ ।
वृश्चिक : आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बनिनेछन् ।
धनु : प्रतिक्षित काम राम्रै बन्नेछ । मान सम्मान र प्रतिष्ठा वृद्धि होला । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।
मकर :पारिवारिक विवाद बढेर जानेछ । यात्राको क्रममा सावधान बन्नुपर्ला । दिनको मध्यान्तर पछिको समय शुभ रहला ।
कुम्भ : सवारी साधन खरिदको योग बन्नेछ । कला क्षेत्रमा उत्कृष्ट बनिनेछ । मुद्दा मामिलाबाट छुट्कारा मिल्नेछ ।
मीन : प्रियजनको सहयोग प्राप्त हुनेछ । वैदेशिक भ्रमणको अवसर प्राप्त होला । सेयर लगानी बढेर जानेछ ।









महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
एनपिएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
भ्रष्टाचार विरुद्धको कारबाही नरोकिने : प्रधानमन्त्री कार्की
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
प्रतिक्रिया