बुधबार, माघ २८, २०८२

मकवानपुरमा हात्तीको आक्रमणबाट महिला गम्भीर घाइते

मेरोन्यूज २०८० पुष ८ गते ९:३६

मकवानपुर । जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा गएराति हात्तीको आक्रमणबाट ५१ वर्षीया कान्छीमाया तामाङ गम्भीर घाइते भएकी हुन्।

गएराति पौने १२ बजेतिर घरबाट बाहिर निस्किँदा जंगली हात्तीले आक्रमण गरको हो।

हात्तीको आक्रमणबाट ढाडमा चोट लागी बेहोस भएकी कान्छीमायालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।

हात्तीलाई घटनास्थलबाट स्थानीय, पर्सा राष्ट्रिय निकुन्ज सुरक्षा पोस्ट, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जंगलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया