शुक्रबार, वैशाख २५, २०८३

उपमेयर चढ्ने गाडीमा अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगो लगाए

मेरोन्यूज २०८० पुष ८ गते ९:४९

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ ।

Advertisement
NiccNicc

गौशाला नगरपालिका–१की उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२–००२–०००१झ०००५ नम्बरको बुलेरो गाडी रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् ।

समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाटा जोगिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजानी गरेको बताए । उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।

घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रतिक्रिया