आइतबार, वैशाख २७, २०८३

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

मेरोन्यूज २०८० पुष ८ गते १४:२४

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

Advertisement
NiccNicc

१४ किलो सुनसहित पक्राउ परेका गोरखा घर भएका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखिएको समितिको निष्कर्ष छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए। त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिले सुन पठाउने र घलेको समूहले विमानस्थलबाट बाहिर ल्याउने काम गरेको खुलेको छानबिन समितिले बताएको छ।

मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ।

प्रतिक्रिया