आइतबार, वैशाख २७, २०८३

काभ्रेमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ

मेरोन्यूज २०८० पुष ९ गते ८:४१

काभ्रे । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्।

Advertisement
NiccNicc

कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार प्रधानाध्यापकसहित दुई शिक्षकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ रहेको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

मच्छेनारायण श्रेष्ठ विद्यालयका विज्ञान पढाउने शिक्षक हुन्।

उनले बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको भेटिएको थियो उक्त घटना बारे पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले थाहा पाएपछि आइतबार नगरपालिकालाई खबर गरिएको थियो।

एक जनप्रतिनिधिका अनुसार विज्ञान शिक्षक गुरूङले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको तथा विद्यालयका प्रधानाध्यापकसहित अर्का शिक्षकले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको देखिएको छ ।

आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए।

पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको डिएसपी श्रेष्ठले बताए। पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पाँचखाल लगिएको छ।

प्रतिक्रिया