शुक्रबार, वैशाख २५, २०८३

 प्रधानमन्त्रीद्वारा तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना

मेरोन्यूज २०८० पुष ११ गते ८:०३

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने ज्येष्ठ नागरिकप्रति बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । 

Advertisement
NiccNicc

ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको उनले बताएका छन् । 

ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्‍चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको उनको भनाइ छ । 

“ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्‍चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ,” सुभकामना सन्देशमा उनले भनेका छन्, “यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ ।”

“ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्‍ने राष्ट्रिय मूल नाराका साध मनाउन लागिएको यस दिवसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासहरूलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्नेछ भन्‍ने विश्‍वासका साथ फेरि एकपटक तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।” धन्यवाद।

प्रतिक्रिया