घुस लिएको आरोपमा कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ
मेरोन्यूज
२०८० पुष ११ गते १४:३३

काठमाडौं । एक करोड २५ लाख रुपैयाँ घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्। उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो ।
मित्रमिलन सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए। उक्त रकममध्ये २० लाख भने उदयबहादुरले फिर्ता गरेको पाइएको प्रहरीले जनाएको छ।
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनी पक्राउ परेका हुन्। उनीहरुले उदयबहादुरले समेत घुस दिएको बताएपछि पक्राउ पूर्जी जारी गरिएको थियो।
उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया