आइतबार, वैशाख २७, २०८३

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै

मेरोन्यूज २०८० पुष १२ गते ७:४२

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा  बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

Advertisement
NiccNicc

न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला केन्द्रित बहस सुरू भएको थियो। पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण सुनुवाइ हुन सकेको थिएन। 

बुधबारदेखि सन्दीपका तर्फबाट बहस सुरु भएको छ। बुधबार अधिवक्ता मुरारी सापकोटाले सन्दीपका तर्फबाट ओपनिङ बहस गरेका थिए। 

सापकोटापछि प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्ने तयारी रहेको छ । 

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया