एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे बस्ने छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उमेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक आज सकिनेछ ।
गत बुधबारदेखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा ४० केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ । सबैले धारणा राखिसकेपछि बैठक सम्पन्न गर्ने तयारी छ ।
बिहीबार जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने, ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरे हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
बैठकमा ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी १५० सदस्यीय हुनुपर्ने, क्रियाशीलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव आएको छ ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया