कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन : मुख्यमन्त्री कार्की

मनहरी (मकवानपुर) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन् । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए ।
हेटौँडामा आज पत्रकार सम्मलेनमा मुख्यमन्त्री कार्कीले चाँडै नै प्रदेशमा रहेका दलको सहमतिमा कोशी प्रदेश सरकारले पूर्णता पाउने जानकारी गराए । केही समयअघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलले दिएको समर्थनले प्रदेशमा क्रियाशील सबै दलको सहमतिमा पुष्टि गरेको उनको भनाइ छ ।
सङ्घीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्ने उहाँले बताउनुभयो । सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको र प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । सङ्घीय सरकार र सांसद लोकप्रियताका लागि जिम्मेवारीभन्दा बाहिरका काममा केन्द्रित भइरहेको उनले आरोप लगाए ।
सङ्घीयताले आमनागरिकको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकालाई सङ्घीय सांसदले संसद्बाट अनुमोदन गर्नुपर्ने भए पनि त्यसो हुन नसक्दा वर्तमान व्यवस्थामाथि नै धावा बोल्नेको भीड बढ्न थालेको उनले बताए । सङ्घीय सरकार र प्रतिनिधिसभालाई दबाव दिएर प्रदेश सरकारले संविधानले व्यवस्था गरेको अधिकार खोसेर लिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । यसका लागि हेटौँडामा छलफल भइरहेको र छलफलले सङ्घीय सरकार र संसद्लाई दबावमूलक सन्देश प्रवाह हुने उनको भनाइ छ ।
सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारले एकजुट भएर फरक शैलीबाट अघि बढ्ने उनले बताए । “कोशी प्रदेशले केही हदसम्म त्यसलाई दबाव दिने र अधिकार लिने काम भएको छ । हेटौँडामा भइरहेको तहगत अधिकारको विस्तृतीकरणले फरक शैलीबाट अघि बढ्ने निर्णय गर्ने उनको विश्वास छ । जसले सङ्घीय सरकार र प्रतिनिधिसभालाई दबाव दिएर अधिकार विकेन्द्रीकरणका लागि घच्घच्याउने काम गर्नेछ”, उनले भने ।















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया