बर्दियाबाट वनभोजका लागी आएको बस दाङमा दुर्घटना
मेरोन्यूज
२०८० पुष १५ गते ८:५६

काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।
आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको छ ।
तीमध्ये तीन जना गम्भीर भएको उनले बताए। बसमा करिब ४० जना सवार रहेको उनले बताए।
उनीहरु बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।
सम्बन्धित
















‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया