कोइलाखानी सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा
मेरोन्यूज
२०८० पुष १५ गते ९:५८

काठमाडौँ । कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा भएको छ ।
दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको खुलेको हो ।
घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार केसीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्।
स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो।
प्रहरीले आजै घटनाबारे जानकारी गराउने र पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गर्ने तयारी गरेको छ।
घोराही – ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए। उनको शव शुक्रबार कोइला खानीको करिब ५० मिटर सुरुङ भित्र फेला परेको थियो ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया