बालकुमारी घटनाको विरोधमा धनगढीमा प्रदर्शन

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको विरोधमा धनगढीमा आइतबार दिउँसो प्रदर्शन गरिएको छ । मृतकका आफन्तले आइतबार दिउँसोमन्त्री मुख्य तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
कोरिया भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको हो । अछामका शाहका आफन्त पनि आइतबार धनगढीको प्रदर्शनमा सहभागी थिए ।
धनगढी चौराहादेखि निकालिएको विरोध र्याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका मागसहित उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
पानीजहाज बनाउने कामका लागि भाषा परीक्षा दिएका र अनुत्तीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया