एमालेका सांसद राईले मागे गृहमन्त्रीको राजीनामा

काठमाडाैं । नेकपा एमालेका सांसद राजेन्द्र राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनामा गृहमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने भन्दै एमालेका सांसद राईले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।
उनले भने- ‘युवाले विदेश गएर गरी खान माग गर्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिए कसले दिन्छ?’ ‘समस्या समाधान गर्ने कि, ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ? शालिनतापूर्वक भन्छु तपाईंले मुलुक चलाउन सक्नु भएन राजीनामा दिनुस्।’
छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।
साथै सांसद राईले मन्त्रीका पीएसओ र फिल्ड कमान्डर, डीएसपीलाई कारबाही गरेर नहुने भन्दै आईजी वा गृहमन्त्रीलाई कारबाही हुनुपर्ने बताए।
















प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया