पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेट

काठमाडौं । राप्रपाका पाँच शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बुधबार कपिलवस्तुको भैरहवामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा र दीपक सिंहले भेटघाट गरेका हुन् ।
केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा रहेका ज्ञानेन्द्रले फोन गरेरै राप्रपाका पाँच नेतालाई भैरहवा बोलाएका थिए । सबैजना बुधबार बिहान भैरहवा पुगेका हुन् । पूर्वराजा केही दिनदेखि भैरहवामा अड्डा जमाएर बसेका छन् ।
पूर्वराजा र राप्रपाका नेताहरूबीचको भेटवार्ताबारे केही खुलाइएको छैन । राप्रपा अहिले राजतन्त्र पुनःस्थापनाको आन्दोलनमा छ । उसले माघ र फागुनमा उपत्यका केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।
त्यही पेरिफेरिमा राप्रपाका नेताहरुसँग शाहले कुराकानी गरेको बताइन्छ ।राप्रपा उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजाले भेटमा ‘हामी सबैले धेरै देख्यौ बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्’ भनेका थिए ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया