मिर्गौला बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ
मेरोन्यूज
२०८० पुष १८ गते १७:३४

काठमाडौँ । मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार निज दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पीडितलाई निज दर्जीले भारतको कोलकातास्थित एक पसलमा राम्रो काम लगाइदिने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत पुर्याएपछि पीडितलाई झुक्याई अस्पताल लगेर बेहोस पारी मिर्गौला झिक्न लगाएका थिए ।
दर्जीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि सात दिन म्याद थप भएको प्रवक्ता कडायतले जानकारी दिए ।
सम्बन्धित
















नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
प्रहरी हवल्दार मृत्यु प्रकरणमा थप एक जना पक्राउ
नेप्सेमा झिनो गिरावट, आठ अर्ब ६९ करोडकाे काराेबार
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
Ukraine plans presidential elections, vote on peace deal with Russia: media
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
प्रतिक्रिया