जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार थुनुवा समातिए
मेरोन्यूज
२०८० पुष १९ गते ९:५८

काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ ।
बुधबार म्याद थपका लागि अदालत लग्दा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए। खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए ।
डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो । तर उनी प्रहरीको आँखा छलेर परार भएका थिए ।
सम्बन्धित
















Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया