विमानस्थलमा यात्रु जाँचपासका लागी एक्सरे मेसिन जडान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको जानकारी दिए । उनले भने, “पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ । भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”
नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम)कलेजसँग सम्झौता गरेर १५ विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको प्रमुख डा पाण्डे बताए । उनका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको
यसैगरी विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ । विगतमा जाँचपास गर्न आधा घण्टा लाग्ने जनाइएको छ ।
















राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया