नक्कली शैक्षिक प्रमाणपत्रधारी निगमका चालकविरुद्ध अख्तियारले दायर गर्याे मुद्दा

काठमाडौं । नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कल भएको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेनमा नियुक्त भइ आठौं तहमा विमान चालकमा बढुवा भएका चालक शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अनुसन्धान गर्दा पेस गरेको प्रमाणपत्र नक्कली भएको पाइएकोले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार शाहले भारतको सेकेन्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेश अन्तर्गत भीएकजे इन्टर कलेज सराहरी गोरखपुरबाट प्रविणतापत्र तह (२००३) प्रभाइभेट परीक्षा प्रथम श्रेणीमा उत्तीर्णसहितको जुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालकको हैसियतमा लाभ लिएको पुष्टि भएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५१ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन मागदाबी लिए बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया