आइतबार, मंसिर २८, २०८२

अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने

मेरोन्यूज २०८० पुष १९ गते २१:४७

काठमाडौं । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोष र कोषबाट स्वीकृत प्राप्त संस्था बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक सूचना निकालेर पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो नखिच्न आग्रह गरेको हो। यदि भिडियो खिचेको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।

‘यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं ।’

प्रतिक्रिया