शुक्रबार, वैशाख २५, २०८३

भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन

मेरोन्यूज २०८० पुष २० गते ९:३३

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन्  ।

Advertisement
NiccNicc

साथै उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन्।

जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए।

यसै क्रममा नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर पनि बिहीबार नै भएको थियो।

जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया