हुम्लामा चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए
मेरोन्यूज
२०८० पुष २० गते २०:५३

सिमकोट (हुम्ला) । चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।
यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए । गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए । हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको आज अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए ।
सम्बन्धित
















राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया