बिहीबार, वैशाख २४, २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने

मेरोन्यूज २०८० पुष २१ गते ७:२७

काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

Advertisement
NiccNicc

मुख्यरूपमा राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यस्तै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले बताए।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया