बरहथवामा कर्फ्यू हट्यो, भोलिसम्म निषेधाज्ञा

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ।
बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए।
आज बिहान एक सूचना जारी गर्दै प्रशासनले आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भावित जोखिम नटरेको उल्लेख गर्दै प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको हो ।
यस अवधिमा सो क्षेत्रमा कुनैपनि किसिमका भेला, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।
शुक्रबार दिउँसो नगर अस्पतालको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा प्रहरीले गोली नै चलाएको थियो। गोली लागेर बरहथवा–६ का जयशंकर साह मृत्यु भएको थियो।
मृतक साहको शव अहिले पनि घटनास्थलमै छ।
प्रजिअ धमलाले भने प्रहरीलाई गोली चलाउने आदेश नभएको दाबी गर्दै आएका छन् ।
यसबारेमा अहिले छलफल भएको र घटनाको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको उनले बताए।
















पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया