शनिबार, वैशाख २६, २०८३

गुप्ताङ्गमा १ किलो सुन लुकाएर ल्याउने विदेशी महिला विमानस्थलबाट पक्राउ

मेरोन्यूज २०८० पुष २२ गते ११:४७

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित १ जना विदेशी महिला पक्राउ परेकी छन्। 

Advertisement
NiccNicc

दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

उनले ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ। उनले धुलो बनाएर सुन लिएर आएकी थिइन्। कसका लागि उक्त सुन ल्याइएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरीले जनाएको छ। 

सुन लिएर आउँदै गरको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ती महिलालाई निगरानीमा गरेर पक्राउ गरेको हो।

प्रतिक्रिया