कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार (सूचीसहित)
मेरोन्यूज
२०८० पुष २३ गते ७:०९

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।
कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला र मधेस प्रदेशमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
यसैगरी कर्णाली प्रदेशको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया