मंगलबार, वैशाख २२, २०८३

कर्णालीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

मेरोन्यूज २०८० पुष २३ गते १५:४४

सुर्खेत । माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Advertisement
NiccNicc

यहाँ तीन वटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक/एक सिट परेको छ ।

सोमबार कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल र माओवादीबाट कालीकोटका विष्णु विकले उम्मेदवार दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्धित पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए ।

प्रतिक्रिया