कोशीमा सभामुखको निर्वाचन दिउँसो ३ बजे, राप्रपाका विष्ट सर्वसम्मत सभामुख बन्ने सम्भावना
मेरोन्यूज
२०८० पुष २४ गते ११:२२

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्।
राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य अमरबहादुर विष्ट सभामुखको उम्मेदवार बन्ने भएका छन् । संसदीय दलको बैठकबाट सांसद विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको राप्रपाका एक नेताले जानकारी दिए ।
मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।
मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।
कोसी प्रदेशसभामा सभामुख पद रिक्त छ ।
कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ ।
सम्बन्धित
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया