शनिबार, वैशाख २६, २०८३

पोखरामा भेटिएकाे सुनजस्तै देखिने धातु सुन नभएको पुष्टि

मेरोन्यूज २०८० पुष २५ गते ९:४८

पोखरा । पोखराबाट सशस्त्र प्रहरीले बरामद गरेकाे सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको छ । साेमबार बिहान फेला परेको  सुनजस्तै देखिने धातु परीक्षणका क्रममा सुन नभएकाे पुष्टि भएकाे हाे ।

Advertisement
NiccNicc

उक्त धातु सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले पोखरा महानगरपालिका -१५ ढुंगेसाँघु पुल नजिकैकाे  झाडीमा फेला पारेका थिए । त्यस पछि उक्त धातुलाइ परीक्षणका लागी स्थानीय प्रतिनिधि र स्थानीय अगुवाइहरुले रहाेबरमा सुनचाँदी व्यावसागी स‌घ कास्कीमा पठाइएकाे थियाे ।

सुनजस्तो रङ र सुनकै प्रकृतिमा तयार पारिएको उक्त वस्तु साँझ परीक्षणका क्रममा क्रममा सुनजस्तो देखिने अन्य धातु भएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए

सुनजस्तो देखिने पहेंलो वस्तु झाडीमा कसले, किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया