शनिबार, वैशाख २६, २०८३

एनसेलको सेयर खरिदबिक्रीबारे छानबिन गर्ने समितिको म्याद थप

मेरोन्यूज २०८० पुष २५ गते १९:०६

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद बिक्री छानबिन गर्न बनाएको समितिको म्याद थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको म्याद १५ दिन थपेको हो।

Advertisement
NiccNicc

राजश्व छलि गर्ने उद्देश्यले एनसेलको सेयर खरिद बिक्री गरेको भन्दै सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्।

यसअघि समितिको म्याद ३० दिन तोकिए पनि छानबिन प्रक्रिया नसकिएकाले म्याद थपिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

प्रतिक्रिया