बुधबार, मंसिर १७, २०८२

तराईमा हुस्सु र कुहिरो, अन्य प्रदेशको मौसम कस्ताे रहला ?

मेरोन्यूज २०८० पुष २६ गते ६:४३

काठमाडौँ । हाल  नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली क्रियाशील नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (बिहीबार) बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

बिहीबार दिउँसो, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।

राती कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया