कैलालीमा मोटरसाइकल दुर्घटनामा परि श्रीमान्–श्रीमतीको मृत्यु
मेरोन्यूज
२०८० पुष २६ गते ९:२१

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
उक्त मोटरसाइलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना ढकालको मृत्यु भएको हो। अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा उनीहरू दुर्घटनामा परेका थिए।
मोटरसाइलसहित सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो ।
मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया