शनिबार, वैशाख २६, २०८३

चालकको लापरवाहीका कारण भालुवाङमा बस दुर्घटना भएको प्रहरीको निष्कर्ष

मेरोन्यूज २०८० पुष २८ गते २१:५७

दाङ । गए राति साढे १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङस्थित राप्ती नदीमा चालकको लापरवाहीका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । इन्ट्री नगरी तीव्रगतिमा कुदाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताएका छन् ।

Advertisement
NiccNicc

“चालकले सपट बिग्रिएर दुर्घटना भएको वयान दिएका छन्”, उनले भने, “तर हामीलाई त्यस्तो लाग्दैन, नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्रगतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ”, प्रहरी नायब उपरीक्षक मल्लले भने ।

बस दुर्घटनामा सात जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया