१२ लाख मूल्य बराबरको काठ बरामद
मेरोन्यूज
२०८० पुष २९ गते १६:२६

राजविराज (सप्तरी) । सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ ।
भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले काठसहित सो गाडी नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१–००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ६ गणका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिए ।
गाडीमा बिनाबिलविजक लोड गरिएको २६ दशमलब ६६ क्यूविक फिट काठ बरामद गरिएको र नियन्त्रणमा लिइएको काठ तथा सवारीसाधनलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको उनको भनाइ थियो ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया