आइतबार, वैशाख २०, २०८३

मेलम्चीको पानी काठमाडौंमा, प्रधानमन्त्रीद्वारा पुनः वितरणको उद्घाटन

मेरोन्यूज २०८० माघ १ गते ९:३४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको  शुभारम्भ गरेका छन्।

Advertisement
NiccNicc

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर उनले मेलम्चीको पानी पुन : वितरण कार्यको शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा खानेपानीमन्त्री महेन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो। 

गएको वर्षातको समयमा सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट पुनः काठमाडौँमा विवतरण सुरु भएको हो।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा अब क्रमिकरूपमा पानी वितरण गरिने छ ।

अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। 

प्रतिक्रिया