लेखक पौडेलको कृति ‘अष्ट–ज’ बजारमा

काठमाडौँ । प्राध्यापक दुर्गादत्त पौडेलद्वारा लिखित ‘अष्ट-ज’ नाम पुस्तक सार्वजनिक गरिएको छ । सोमबार आयोजित एक समारोहमा उक्त पुस्तकको प्राध्यापक लोकनाथ पौडेलले सार्वजनिक गरे ।
सो अवसरमा पुस्तकबारे चर्चा गर्दै पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले पुस्तक मुलुकको विकासका लागि राम्रो चिन्तन गरेर लेखिएको तर राजनीतिक दलहरुले भने मुलुकको समृद्धिमा कुनै ध्यान नदिएको बताए । उनले मुलुकको विकासका लागि स्थायी सरकार र राजनीतिक दलको ध्यान विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मुलुकको विकासका लागि लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । सो पुस्तक विकास निर्माणका लागि मार्गदर्शन रहेको उनको धारणा थियो ।
प्रतिनिधिसभा सदस्य तथा अर्थशास्त्री डा स्वर्णिम वाग्लेले मुलुकमा जोखिम मोलेर लगानी गर्ने आँट गर्नुपर्ने भन्दै अस्थिर राजनीतिक अवस्था र महँगो निर्वाचन प्रणाली अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले नेपाली हिन्दू संस्कारमा अष्ट–जको महत्व निकै रहेको र लेखकले मुलुकको विकासका लागि अष्ट-ज अनुसार विकास गर्न सुझाव लिएको बताए ।
लेखक पौडेलले पुस्तकले देशको मुहार फेर्नका लागि केही सहयोग पुग्नेमा विश्वास व्यक्त गर्दै पुस्तक बिक्रीबाट आएको रकम काठमाडौँ वन विज्ञान क्याम्पसमा सहयोग गर्ने जानकारी दिए ।
अष्ट-जको अर्थ जल, जमिन, जङ्गल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु रहेको छ । यी अष्ट-ज को विकास गर्न सकेमा मुलुक समृद्ध हुने लेखकको भनाइ छ ।

















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया