पार्किङ गरिराखेको जिप चोरी गर्ने युवक पक्राउ
मेरोन्यूज
२०८० माघ ३ गते १९:२०

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले जिप चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १४ खाल्टेमसिना बस्ने वर्ष २० का गोविन्द परियार रहेका छन्।
बुधबार विहान अन्दाजी साढे १ बजेको समयमा पोखरा महानगरपालिका–१० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।
त्यसलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गोविन्दलाई उक्त जिप चलाई रहेको अवस्थामा फेला पारेको जनाएको छ।
परियारलाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया