वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन्

गुल्मी । गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पु¥याए वापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन् ।
वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग एवं मानवीय क्षति, पशुधन, घर÷गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् ।
दुई वर्ष बित्न लाग्दा पनि आफूले अझै वन्यजन्तुबाट भएको क्षतिको राहत रकम कार्यालयबाट पाउन नसकेको छत्रकोट गाउँपालिका–४ का विष्णुप्रसाद पन्थले बताए । उनजस्तै रेसुङ्गा नगरपालिका–३ की चित्रकला थापाको समस्या पनि उस्तै छ । “बाघले बाख्रा खाइदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो, अझैसम्म राहत पाएको छैन”, उनले भने ।
प्रदेश वन निर्देशनालयमार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरे पनि हालसम्म राहत रकमसम्बन्धी बजेट डिभिजन वन कार्यालय गुल्मीमा निकासा भएको छैन ।
चालु आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भए पनि असार मसान्तभन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन ।
असार मसान्तअघि पेश भएका निवेदनको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लगि बाँके राष्ट्रिय निकुञ्जमा फाइल पठाएको जिल्ला वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । “हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाइल राष्ट्रिय निकुञ्जमा पठाइसकेका छौँ”, त्यहीबाट पीडितको खातामा रकम जान्छ”, उनले भने ।
आव २०७९÷०८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८ पशुधन र ११ जनाको अन्नबालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकाबमोजिम मानवीय क्षतिको लागि २० हजारदेखि अधिकतम दश लाख, पशुधनको क्षतिका लागि रु दश हजारदेखि ३० हजार र खाद्यान्न बालीको क्षतिको लागि रु दश हजारसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया