प्रधानमन्त्री कप क्रिकेट : काेशी प्रदेशमाथि आर्मीको सहज जित
मेरोन्यूज
२०८० माघ ४ गते १२:५९

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ९ विकेटको सहज जित हात पारेको छ ।
बिहीबार कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि सन्तोश कार्की र इम्रान शेखले समान ३२ रन बनाए । यस्तै कुशल मल्लले २२ रन जोडे।
बलिङतर्फ कोशी प्रदेशका सुजन थपलियाले १ विकेट लिए ।
मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कोशी २४ ओभर ४ बलमा ८८ रनमा अल आउट भएको थियो ।
कोशीका लागि कप्तान अंकित सुबेदीले सर्वाधिक ४१ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ आर्मीका शाहब आलमले ६ विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका आलमले ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए ।
यस्तै कुशल मल्लले २, सोमपाल कामी र विवेक यादवले १(१ विकेट लिए ।
सम्बन्धित
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया