प्रधानमन्त्री कप क्रिकेट : काेशी प्रदेशमाथि आर्मीको सहज जित
मेरोन्यूज
२०८० माघ ४ गते १२:५९

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ९ विकेटको सहज जित हात पारेको छ ।
बिहीबार कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि सन्तोश कार्की र इम्रान शेखले समान ३२ रन बनाए । यस्तै कुशल मल्लले २२ रन जोडे।
बलिङतर्फ कोशी प्रदेशका सुजन थपलियाले १ विकेट लिए ।
मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कोशी २४ ओभर ४ बलमा ८८ रनमा अल आउट भएको थियो ।
कोशीका लागि कप्तान अंकित सुबेदीले सर्वाधिक ४१ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ आर्मीका शाहब आलमले ६ विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका आलमले ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए ।
यस्तै कुशल मल्लले २, सोमपाल कामी र विवेक यादवले १(१ विकेट लिए ।
सम्बन्धित
















सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
प्रतिक्रिया