बिहीबार, वैशाख २४, २०८३

भक्तपुरमा मृत भेटिइन् बक्सिङ खेलाडी, एक युवक पक्राउ

मेरोन्यूज २०८० माघ ४ गते १४:२५

काठमाडौं । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

Advertisement
NiccNicc

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको छ। मृतकका परिवारले एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी पनि दिएका छन्। सोही आधारमा प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया