गण्डकीमाथि सुदूरपश्चिमको फराकिलो जित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।
विहिबार भैरहवामा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।
सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछाएको गण्डकी प्रदेश ३०.२ ओभरमा ९३ रन बनाएर अल आउट भएको थियो ।
गण्डकीका लागि अस्वानी रानाले २५ तथा कमल परियारले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । गण्डकीलाई कम रनमा आउट गर्नेक्रममा सुदूरपश्चिमका बलर शेर मल्लले ५ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गर्दै सुदूरपश्चिम प्रदेशले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्बाधिक ६० रन बनाएका थिए भने नारायण जोशीले ४६ रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर विपिन खत्री र अंकित न्यौपानेले ३-३ विकेट लिएका थिए ।
जारी प्रधानमन्त्री कपमा यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो । यो जितपछि सुदूरपश्चिमको ३ खेलमा ६ अंक भएको छ । त्यसैगरी गण्डकी प्रदेशको भने यो लगातार तेस्रो हर हो ।
अब सुदूरपश्चिमले अर्को खेल आगामी सोमबार टियु मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने छ भन गण्डकी प्रदेशले आइतबार मुलपानी मैदानमा कोशी प्रदेशविरुद्ध खेल्ने छ ।
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया