आशुतोषको शतकसँगै बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई २७४ रनको बलियो लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८।३ ओभरमा २७३ रन बनाएर अल आउट भयो ।
बागमतीका लागि ओपनर आशुतोष घिरैयाले शतकीय पारी खेले । उनले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित ११८ रन बनाए । अर्का ओपनर ईशान पाण्डे भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
यस्तै कप्तान रित गौतमले ४९ रन जोडे । रविन जोशीले पनि ४३ रनको योगदान दिए।
प्रतिक श्रेष्ठले पनि टोलीको खातामा १९ रन बनाए भने अन्य ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ९.३ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । फिर्दोस अन्सारीले १ विकेट लिए ।
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया