नवप्रवर्तन कार्यक्रमका लागि गुल्मीका ६ पालिका छनोट

तम्घास । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत गुल्मीका छ पालिका छनोट भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीका धुर्कोट, इस्मा, छत्रकोट, मालिका र चन्द्रकोट गाउँपालिका एवं रेसुङ्गा नगरपालिकालाई नवप्रवर्तन कार्यक्रमका लागि छनोट गरेको हो ।
उक्त कार्यक्रमअन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योगलगायतका रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्न सक्नेछन् ।
यो कार्यक्रम पालिका र सङ्घीय सरकारको साझेदारीमा सञ्चालन हुनेछ । जसमा गाउँपालिकाका लागि रु ७५ लाख र नगरपालिकाका लागि एक करोड सङ्घीय सरकारले उपलब्ध गराउनेछ ।
यसमा गाउँपालिकाले रु १५ लाख थप गरी रु ९० लाख र नगरपालिकाले रु २५ लाख थप गरी रु एक करोड २५ लाखको काम हुने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए । कार्यक्रमअन्तर्गत गुल्मीका छसहित देशभरका एक सय चार पालिका छनोट भएका छन् ।
















बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया