आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण

झापा । कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ ।
प्रदेश सरकार र सामुदायिक वनको रु दुई करोड बढीको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरुलाई स्थानान्तरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिए ।
कोशी प्रदेशमा पहिलोपटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । यसमध्ये १० बिघा वनमा रहेको क्षेत्रफलमा प्राकृतिक वातावरण मैत्री मृगस्थली निर्माण गरेको उनले बताए । जहाँ दुई दर्जन बढी चित्तल छाडिएको छ ।
उनले सामुदायिक वनले पर्या–पर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताए ।
“नयाँ बनेको भौतिक संरचनामा राखिएका पशुपन्छीलाई थुनिएको थाहा पनि हुँदैन”, सिटौलाले भने, “अहिले खुला र फराकिलो ठाउँ छ, पहिले साँघुरो थियो ।” उनले हाल निर्माण गरिएको उद्धार केन्द्र सिमसार पोखरीको उत्तरतर्फ खुला वातावरणमा पशुपन्छीलाई कुद्न र उफ्रन मिल्ने भएको जानकारी दिए ।
जामुनबाडी सामुदायिक वन विसं २०६५ देखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ । वनको खुला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ ।
उनले सामुदायिक वनको आम्दानीबाट नै उद्धार केन्द्रलाई व्यवस्थित बनाउँदै लगेको बताए । वनले आन्तरिक तथा बाह्य पर्यटकलाई वन क्षेत्रभित्रको पार्कलगायतका पशुपन्छीको अवलोकन गर्नका लागि रु एक सय प्रवेश शुल्क लिने गरेको छ ।
सामुदायिक वनको आम्दानीले सो क्षेत्रको व्यवस्थापनसँगै अन्य कार्य गर्नुपरेका कारण आर्थिक समस्या रहेको उनले बताए । प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उनको गुनासो छ ।
उनले जिल्लाभित्र, बाहिरबाट घाइते, बिरामी अवस्थामा भेटिएका, सङ्कटमा परेका लोपोन्मुख, संरक्षित वन्यजन्तुलाई उद्धार गरेर डिभिजन वन कार्यालय, प्रहरी र स्थानीयवासीले नै यहाँ उपचार र संरक्षणका लागि ल्याइदिने गरेको जानकारी दिए । जामुनखाडीको विशेषता भनेको नै वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र र चिडिया घर भएको उनको कथन छ ।
वर्षौंदेखि वनभोजस्थलका रुपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमुना नामका दुई वटा ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो । यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बालउद्यान केन्द्र र मिनी रेलले पर्यटक आकर्षित गर्दै आएका छन् । उनले यहाँ पालिएका र उद्धार गरिएका पशुपन्छीलाई हालसम्म आफ्नै लगानीमा पशुचिकित्सकलाई ल्याएर उपचार गरिरहेको बताए । चिडियाखाना र सिमसार क्षेत्रको घुमघाममा आउने आन्तरिक तथा बाह्य पर्यटक कोभिडपछिको समयमा बढ्दै गएको उनले बताए ।
















बागलुङ-२ मा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा
No alternative to election: PM Karki
आगामी संसद्मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष लिङ्देन
Death toll in Madagascar cyclone rises to 35
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
प्रतिक्रिया