म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भर्ने सेवा सुरु

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भर्ने सेवा सुरु गरेको छ ।
आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीले शुल्क तिरेर व्यवसायीको सहायता लिने गरेका थिए । निःशुल्क रुपमा प्रशासन कार्यालयमै फारम भरिदिन थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
“राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छाँै,” उनले भने “आफैँ भर्न सक्नेले आफैँ भर्नुहुन्छ । नसक्ने सेवाग्राहीले बजारका साइबरमा शुल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन । कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौँ ।”
निःशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौस्वाराकी सपना केसीले बताए । “बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको रु। एक सय देखि रु। दुई सय तिर्नुपर्दथ्यो,” केसीले भनिन् “प्रशासनमा निःशुल्क फारम भर्न पाउँदा खर्च बचत हुनुका साथै झञ्जट पनि हट्यो ।”
प्रशासन कार्यालयका अनुसार म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन् । व्यक्तिको आँखा, अनुहार, हात, आँैठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ ।
सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सहजताका लागि मौजुदा कर्मचारी परिचालन गरेर अनलाइन फराम निःशुल्क भर्ने व्यवस्था मिलाएको बताए । राहदानीको अनलाइन फराम भर्ने सेवालाई पनि सुरु गर्ने तयारी भएको उनले सुनाए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया