म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भर्ने सेवा सुरु

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भर्ने सेवा सुरु गरेको छ ।
आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीले शुल्क तिरेर व्यवसायीको सहायता लिने गरेका थिए । निःशुल्क रुपमा प्रशासन कार्यालयमै फारम भरिदिन थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
“राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छाँै,” उनले भने “आफैँ भर्न सक्नेले आफैँ भर्नुहुन्छ । नसक्ने सेवाग्राहीले बजारका साइबरमा शुल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन । कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौँ ।”
निःशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौस्वाराकी सपना केसीले बताए । “बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको रु। एक सय देखि रु। दुई सय तिर्नुपर्दथ्यो,” केसीले भनिन् “प्रशासनमा निःशुल्क फारम भर्न पाउँदा खर्च बचत हुनुका साथै झञ्जट पनि हट्यो ।”
प्रशासन कार्यालयका अनुसार म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन् । व्यक्तिको आँखा, अनुहार, हात, आँैठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ ।
सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सहजताका लागि मौजुदा कर्मचारी परिचालन गरेर अनलाइन फराम निःशुल्क भर्ने व्यवस्था मिलाएको बताए । राहदानीको अनलाइन फराम भर्ने सेवालाई पनि सुरु गर्ने तयारी भएको उनले सुनाए ।
















इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया