शनिबार, वैशाख १९, २०८३

निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन् : अध्यक्ष केसी

मेरोन्यूज २०८० माघ ६ गते १८:३८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाएका छन्।

Advertisement
NiccNicc

शनिबार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको जिकिर गरे । गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको उनले स्पष्ट पारे । एनआरएनएको २० वर्षे अवधिमा सबैभन्दा बढी ‘प्रोफेसनल’ र सचेतना अपनाएर आफूहरूले निर्वाचन गरेको उनको भनाइ छ ।

उनले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराए पनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताए। उनले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताए।

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको एनआरएनएले जनाएको छ।

प्रतिक्रिया